जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर विद्यार्थी घाइते

काठमाडौं - काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना घाइते भएका छन् ।ग्लोबल कलेजका विद्यार्थी रहेका उनको टाउकोमा गोली लागेको बताइएको छ ।
घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय