Harsamaya
प्रहरीको गोली लागेर एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा घाइते प्रदर्शनकारीको मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिए । अस्पतालमा ७०–८० जना घाइते उपचाररत छन् ।

मृतकको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update