Harsamaya
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।  विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए ।
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।
भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’ निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली...
मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत   
मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत    संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् ।
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला (४५ औं कार्यपालिका निर्णयसहित)
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला (४५ औं कार्यपालिका निर्णयसहित) टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ । टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क २० राख्ने निर्णय भएको जानकारी दिए ।
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।
रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग
रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो ।
नेपालगञ्जमा मोमो महोत्सव हुँदै
नेपालगञ्जमा मोमो महोत्सव हुँदै नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो । सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए ।...
ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा
ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदै छ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।
खुम्बु क्षेत्रमा उडान गर्न पाइने
खुम्बु क्षेत्रमा उडान गर्न पाइने सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी उडान गर्न अनुमति दिएको छ । पारिस्थितिकीय प्रणाली, वन, वन्यजन्तु, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि निकुञ्ज स्थापना गरिएकाले उडान/अवतरण/होभरिङ गर्न/गराउनका लागि तोकिएको राजस्व बुझाइ...
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने फितलो व्यवस्थान, आर्थिक संकटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनीहरूले बताए ।
सूर्योदय र सूर्यास्तहुँदाको आनन्द लिन सकिने कोरीडाँडा
सूर्योदय र सूर्यास्तहुँदाको आनन्द लिन सकिने कोरीडाँडा कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो ।  पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ ।...
Weather Update