एमालेको सचिवालय बैठक आज बस्दै
आइतबार, फागुन १८, २०८१
आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ । सरकारमै रहेको दलहरूले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।
अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो- महासचिव पोखरेल
शनिबार, फागुन १७, २०८१
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ भन्दै रुस र युक्रेन दुवैले युद्ध अन्त्यका लागि ठूलो मूल्य चुकाउनु पर्ने अवस्था देखिएको बताएका छन् ।
शंकर पोखरेलको टिप्पणी- प्रचण्डमा यतिबेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ
बुधबार, फागुन १४, २०८१
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले प्रचण्डले हालै आफ्नो दलको सहयोगमा कांग्रेस र एमाले ठूलो भएपनि पछिल्लो समय आफूहरूले साथ नदिएपछि सानो हुन थालेको बताएपछि यस्तो टिप्पणी गरेका हुन् ।
एमालेले बोलायो सचिवालय बैठक
बुधबार, फागुन १४, २०८१
फागुन १८ गतेको लागि सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन्। उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ।
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक - महासचिव पोखरेल
शनिबार, माघ १२, २०८१
देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै पोखरेलले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गरे । उनले राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकाले प्रतिरक्षा गर्न अग्र मोर्चामा उभिन युवा संघलाई आग्रह गरे ।
माधव नेपालबाहेक समाजवादीका सबैलाई एमालेमा स्वागत छः शंकर पोखरेल
शुक्रबार, माघ ४, २०८१
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको बताएका छन् ।
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बास्कोटा
बिहीबार, माघ ३, २०८१
लामिछानेका अझै तीन वटा जिल्लामा सहकारी ठगीका मुद्दा बाँकी नै रहेकाले त्यहाँसम्म चहार्दा कति वकिलका कालो कोट च्यातिने हुन् भन्दै उनले प्रश्न गरेका छन । ‘अझै तीन परिसर चहार्न बाँकी छ जस्तो छ, कति काला कोट धुजा धुजा हुने हुन, टेलर्स, मिडिया, मेडिकल, मस्म, मकै सबै चल्ने भए, बाघ र...
एमालेले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार,अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर हुँदैन - भीम रावल
शनिबार, पुस २७, २०८१
नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् ।
साताको लोकप्रिय
