Harsamaya
आज नेकपा एमालेले वृहत जनप्रदर्शन गर्दै
नेकपा एमालेले वृहत जनप्रदर्शन ।

काठमाडौं - आज नेकपा एमालेले वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

जनप्रदर्शन र जनसभा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे सुरु हुने भनिएको छ ।

एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन र्‍याली गरेको थियो ।

यस्तै एमालेले मंसिर ५ गते शुक्रबार ‘नेशनल भोलेन्टियर्स फोर्स’को घोषणा गरि  जनप्रदर्शन र्‍याली समेत गरेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update