Harsamaya
एमालेले आयोगमा दियो दल दर्ताको निवेदन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । 

एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो । आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update