Harsamaya
जसपाका बागमती अध्यक्ष गोले एमालेमा प्रवेश 
जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोलेलाई नेकपा एमाले प्रवेश गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित एक कार्यक्रमकाबीच गोलेलाई अध्यक्ष ‌ओलीले पार्टी प्रवेश गराएका हुन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका गोलेले जसपा विभाजन भएपछि पार्टी त्याग गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update