एक वर्षमै तीन प्रधानमन्त्री फेरिए
शुक्रबार, चैत १३, २०८२
विशेष राजनीतिक उतारचढावबीच एकै वर्षमा तीन प्रधानमन्त्री परिवर्तन भएको परिप्रेक्ष्यमा मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको छ ।
एमाले सांसदहरूलाई ओलीको निर्देशन: पार्टीमाथि भएको आक्रमणको डटेर सामना गर्नू
बिहीबार, चैत १२, २०८२
ओलीले पार्टीको ‘सभ्य शैली’ले त्यस्ता आक्रमणको प्रभावकारी सामना गर्न नसकेको स्वीकार गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताए ।
आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण र भद्दा नाटक भएको अध्यक्ष ओलीको टिप्पणी
बिहीबार, चैत १२, २०८२
बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए।
पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि
शुक्रबार, फागुन २९, २०८२
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको थियो ।
एमाले अध्यक्ष ओलीलाई पितृ शोक
शुक्रबार, फागुन २९, २०८२
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
ओलीले भने - निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आएन, जनताकै बीचमा रहेर काम गरिरहन्छु
बिहीबार, फागुन २८, २०८२
ओलीले यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर साथ दिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
ओलीले बालेनलाई दिए बधाई
शनिबार, फागुन २३, २०८२
बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् । ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईँको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना’ ओलीले भनेका छन् ।
झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन निर्वाचित, ४९ हजार भन्दा बढी मतले पूर्व प्रधानमन्त्री ओली पराजित
शनिबार, फागुन २३, २०८२
झापा–५ यस वर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।
फागुन २१ गते मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हो : ओली
बिहीबार, फागुन २१, २०८२
उनले आफ्नो जीवनका दुई संयोगहरूको दिन भएकाले फागुन २१ कहिल्यै नबिर्सने दिन रहेको उल्लेख गरे । ‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो । फागुन २१ कहिल्यै नबिर्सने दिन हो,’ उनले लेखेका छन् ।
एमाले अध्यक्ष ओलीले भक्तपुरमा गरे मतदान
बिहीबार, फागुन २१, २०८२
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् । उनी पत्नी राधिका शाक्यसहित मतदान स्थल पुगेका थिए ।
मौन अवधिको पूर्व सन्ध्यामा ओलीको सन्देश : झापा ५ का मतदाताबाट अपार माया पाएको छु
मंगलबार, फागुन १९, २०८२
निर्वाचनमा मौन अवधि सुरु हुनुभन्दा केही समय अघि एक सन्देश जारी गर्दै ओलीले आफ्नो जीवनसँग गहिरो सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
अब स्पष्ट कित्ताकाट गर्ने बेला आयो : ओली
आइतबार, फागुन १७, २०८२
यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नहोस् : ओली
आइतबार, फागुन १७, २०८२
अवसरका लागि खुला विश्वमा आज संसारका नागरिक संसारै भरी आउनु जानु स्वाभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । ‘अस्वाभाविक र खतरनाक कुरा त युद्ध र भूराजनीतिक चपेटा हो,’ अध्यक्ष ओलीले लेखेका छन्, ‘ती देशहरू पनि पक्कै युद्ध चाहँदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’
साताको लोकप्रिय

