काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न नेपाल प्रहरी भक्तपुर पुगेको छ। आवश्यक सबै कानुनी प्रक्रिया पूरा भइसकेको जनाउँदै प्रहरीले उनीहरूको निवासमै पुगेर कारबाही अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सयौँ सुरक्षाकर्मी भक्तपुरमा तैनाथ गरिएका छन्। पक्राउका लागि आवश्यक कागजात तयारी भइसकेकाले तत्कालै नियन्त्रणमा लिने तयारी भइरहेको छ।
शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्रीले सोही विषयमा तीव्र तयारी अघि बढाएका हुन्।
आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई कारबाही गर्न सरकार अघि बढेको हो।
उनीहरूमाथि मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत कारबाही सिफारिस गरिएको छ।

