Harsamaya
पक्राउपछि ओली त्रिवि अस्पतालमा भर्ना
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’ को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । 

शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । 

शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update