Harsamaya
कांग्रेसलाई कसैले हाइज्याक गर्न सक्दैन - पूर्वसभापति देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा ।

काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले हाइज्याक गर्न नसक्ने बताएका छन् । 

शनिबार ललितपुरमा कांग्रेस संस्थापनइतर समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन गर्दै देउवाले कांग्रेस जनता, देश र राष्ट्रको पार्टी भएकाले जनताका प्रतिनिधिहरूबाहेक कसैले पनि यसलाई हाइज्याक गर्न वा आफ्नो कब्जामा लिन नसक्ने बताए । 

उनले कसैले पनि मनोमानी ढङ्गले चल्न नपाउने र पार्टी विधि एवं पद्धति अनुसार अघि बढ्नुपर्ने धारणा राखे । पूर्वसभापति देउवाले पार्टी कै कारण आफु पटक पटक देशको प्रधानमन्त्री भएको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्नपनि आफु तयार रहेको बताए । 

पार्टीलाई संकटको बेलामा जोगाउन र यहाँसम्म पुर्याउन लाखौं कार्यकर्ताहरूको ठूलो योगदान रहेको उनको भनाइ छ । 

उनले पार्टी विवादका सन्दर्भमा अदालतले आफूहरुलाई नै न्याय दिने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update