Harsamaya
ओलीले भने - निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आएन, जनताकै बीचमा रहेर काम गरिरहन्छु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन्। बिहीबार उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफ्नो पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन्।

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भन्दै उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्। उनले उक्त निर्णयलाई शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको पनि बताएका छन्।

ओलीले यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर साथ दिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनले बताएका छन्। जनताकै बीचमा रहेर काम गरिरहने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

kp-1773290440.JPG
 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update