Harsamaya
ओलीले बालेनलाई दिए बधाई

काठमाडौं -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । झापा–५ बाट निर्वाचित भएका बालेनलाई ओलीले सामाजिक सञ्जाल मार्फत बधाई र शुभकामना दिएका हुन् । 

बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् ।  ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईँको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना’ ओलीले भनेका छन् ।  

बालेनले ओलीलाई झन्डै ५० हजार मतले पराजित गरेका थिए  ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update