Harsamaya
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका दिपेश पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका दिपेश पक्राउ श्रेष्ठले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो । 
१६ वर्षअघि नरेफाँटमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
१६ वर्षअघि नरेफाँटमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए।
भक्तपुरमा नक्कली सुन देखाएर एक महिनादेखि ठग्ने दुई जना प्रहरी हिरासतमा
भक्तपुरमा नक्कली सुन देखाएर एक महिनादेखि ठग्ने दुई जना प्रहरी हिरासतमा ‘एक महिनादेखि सुन छ, बजार मूल्यभन्दा सस्तोमा दिन्छौं भन्दै पहेंलो धातु देखाएर सर्वसाधारणलाई ठगी गरेको भन्ने उजुरी परेको छ,’ आचार्यले भने, ‘अहिलेसम्म के कति व्यक्तिलाई ठगी गरेको भन्ने विवरण संकलन भइरहेको छ।’
जर्किनभित्र साढे ११ किलो चरेससहित महिला पक्राउ
जर्किनभित्र साढे ११ किलो चरेससहित महिला पक्राउ वीरगन्ज महानगरपालिका-१६ कै शंकराचार्य गेटमा चेकजाँचका क्रममा यादवलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले बताए।
लागूऔषधसहित १८ जना पक्राउ
लागूऔषधसहित १८ जना पक्राउ पर्साकै वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ११ किलो ७ सय ग्राम सहित सोही महानगरपालिका-१६ बसपार्क बस्ने बारा घर भएकी ३० वर्षीया आरती यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले वीरगंजबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो...
सुदूरपश्चिममा एक हजार भन्दा बढी मानवअधिकार उल्लङ्घनका घटना
सुदूरपश्चिममा एक हजार भन्दा बढी मानवअधिकार उल्लङ्घनका घटना सन् २०२४ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेशभरि एक हजार ९९ जना पीडित भएका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले जानकारी दिए।
सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै साढे ७३ लाख ठगी
सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै साढे ७३ लाख ठगी आचार्यका अनुसार रकम लिएर विदेश नपठाई उनीहरू सम्पर्कविहीन भएका थिए। पीडितले जाहेरी दिएपछि प्रहरीले शरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको आचार्यले बताए। 
तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ
तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो।
झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद
झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद नेपालबाट भारततर्फ तस्करी गरी लैजाने उद्देश्यले चरेस झाडीमा लुकाएर राखेको हुनसक्ने आशंका प्रहरीको छ। उक्त चरेस कसले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको लम्सालले बताए।
बल्खु तरकारी बजारनजिकै पुरुषको हत्या
बल्खु तरकारी बजारनजिकै पुरुषको हत्या दाहालको शरीरमा चोटपटक देखिएकोले उनको हत्या भएको आशंकामा अनुसन्धान थालिएको बोहराले बताए।
नेपाल प्रहरीकै स्कर्टिङमा २५ गोरुसहित ट्रक नाका पार
नेपाल प्रहरीकै स्कर्टिङमा २५ गोरुसहित ट्रक नाका पार हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिन खोजिएको थियो।
प्रकृति लम्सालको शव आज साँझसम्म नेपाल ल्याइने
प्रकृति लम्सालको शव आज साँझसम्म नेपाल ल्याइने भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ। शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ। प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए।
Weather Update