एक लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट

कञ्चनपुर - कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बजार क्षेत्रमा प्रहरीले एक लाख मूल्य बराबरका अवैध पटाका बरामद गरी आज नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले गोप्य सूचनाको आधारमा बाबाथान बजारको सडक छेउमा तीनवटा बोरामा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका पटाका फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उरीक्षक सागर बोहराका अनुसार बरामद पटाकाहरू निणन्त्रणमा लिएर जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको छ ।
चाडपर्वका समयमा अवैध रूपमा पटाका बिक्री वितरण र प्रयोगले जनधनको क्षति हुने जोखिम हुने भएकाले प्रहरी प्रशासनले सर्वसाधारणलाई यस्ता कार्य नगर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२ २१:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय