Harsamaya
१४ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिला १४ किलो गाँजासहित पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कात्तिक १० गते बाटिक एयरको उडान नम्बर ओडी १८२ बाट थाइल्यान्ड हुँदै मलेसिया भएर नेपाल आएका उनीहरूलाई जाँच गर्ने क्रममा १४ किलो गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतकी ४६ वर्षीया शबानाबानु यार महमद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन् ।

उनीहरूको साथबाट १४ किलो लागूऔषध गाँजा, दुई थान राहदानी र दुई थान मोबाइल बरामद गरिएको ब्युरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update