प्रहरीलाई बर्दी खोल्न लगाई बाग्मती खोलामा सांघातिक आक्रमण गर्ने दोलखाका गौतम पक्राउ
-1760879004.jpg)
काठमाडौं - प्रहरीले जेन्जी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसरले प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी खोल्न लगाई बाग्मती खोलामा सांघातिक आक्रमण गर्ने दोलखा शैलुङ गाउँपालिका - १ घर भई काठमाडौं महानगरपालिका -३२ जडीबुटी बस्ने ४८ वर्षाीय गौतम घिसिङलाई पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप भई उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनी बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२ १८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय