Harsamaya
सिन्धुलीमा अवैध बन्दुक सहित तीनजना पक्राउ
अवैध बन्दुक ।

रामेछाप - सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मंगलबार राति इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले खानतलासीका क्रममा स्थानीय ५३ वर्षीय कुलबहादुर सुनुवार, ५० वर्षीय धनबहादुर सुनुवार र ४२ वर्षीय मङ्गलबहादुर सुनुवारलाई घर नजिक लुकाई छिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक सहित  नियन्त्रणमा लिएको हो ।

बरामद हतियारसहित ती तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय डाहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update