जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

भक्तपुर - जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट रु नौ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२ २१:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय