Harsamaya
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ।
आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन्।
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
बढ्यो जाडो: दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा
बढ्यो जाडो: दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको हो ।
आज योमरी पुन्हि मनाइँदै
आज योमरी पुन्हि मनाइँदै मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाइँदै छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
कस्तो रहला आजको मौसम?
कस्तो रहला आजको मौसम? हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल आज २०८२ साल मंसिर १८ गते बिहीबार, तदनुसार ४ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
हिउँदको मौसमः वर्षा कम‚ अधिकतम र न्यूनतम तापक्रम बढी
हिउँदको मौसमः वर्षा कम‚ अधिकतम र न्यूनतम तापक्रम बढी यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ ।  यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमा: आज किराँत समुदायमा उँधौली पर्व मनाइँदै
मार्गशीर्ष शुक्ल पूर्णिमा: आज किराँत समुदायमा उँधौली पर्व मनाइँदै मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।
श्रीलंकाली प्रधानमन्त्रीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता
श्रीलंकाली प्रधानमन्त्रीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरेकी हुन् ।
ललितपुर महानगरका मेयर महर्जनद्वारा यःमरि बनाउने प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
ललितपुर महानगरका मेयर महर्जनद्वारा यःमरि बनाउने प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण पुरस्कार वितरण कार्यक्रममा मेयर महर्जनले यस्तो प्रतियोगिताले नेवारी समुदायको पहिचान संरक्षण, स्थानीय पर्यटन प्रवर्धन तथा परम्परागत सीपको जगेर्ना हुने बताए ।
सुनसान मुगु गाउँ ...
सुनसान मुगु गाउँ ... यस वर्ष पनि मुगु गाउँको सन्दर्भमा स्थानीय प्रहरी चौकी, स्वास्थ्य कर्मी र शिक्षकहरूले गाउँ छोडेर सिरानी चौर र अन्य स्थानमा सरेका छन् । चौरीहरूको रेखदेखका लागि यहाँका केही मालिकहरू पाटन तिर गएका छन् ।
Weather Update