काठमाडौं - रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जना बाढी प्रभावितको हवाई उद्धार गरिएको छ।
नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना र निजी क्षेत्रका हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका हुन्।
नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६०, टिमुरे–त्रिशूलीबाट १३, मैलुङबाट ५, बेत्रावतीबाट ४ र त्रिशूली–काठमाडौँबाट ३ जनाको उद्धार गरेको छ।
त्यस्तै, निजी हेलिकप्टरमार्फत रसुवाबाट टिचिङ अस्पताल र वीर अस्पतालमा घाइते तथा प्रभावितलाई ल्याइएको प्रहरीले जनाएको छ। उद्धार कार्य निरन्तर जारी रहेको छ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय


