Harsamaya
रसुवा बाढीः तनहुँमा ६ शव भेटिए

तनहुँ - भोटेकोशीमा गएको  बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा छ शव भेटिएका छन् । 

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार मुग्लिनभन्दा केही तल तथा सिमलतालमा एक-एक र  देवघाटमा चार शव भेटिएका छन् । 

प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नदी आसपासका क्षेत्रमा प्रहरीले निगरानी गरिरहेको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update