Harsamaya
गोसाइँकुण्ड यात्रामा गएका पालुङटारका ३१ जना सम्पर्कविहीन
रसुवा बाढी ।

गोरखा  - गोरखाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३१ जना यात्रु सम्पर्कविहीन भएका छन्।

पालुङटार–५ ठाँटीपोखरीबाट ग २ ख ११५२ नम्बरको बसमा गोसाइँकुण्डतर्फ गएका ३७ यात्रुमध्ये ३१ जना आज बिहानदेखि सम्पर्कविहीन भएका हुन्।

नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेका अनुसार पालुङटारबाट दुई माइक्रोबस र एउटा बसमा यात्रुहरू गोसाइँकुण्डतर्फ गएका थिए। दुई माइक्रोबसमा सवार यात्रुहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।

बसमा सवार ३७ जनामध्ये ६ जनाले बाढी आएपछि हामफालेर ज्यान जोगाएको जानकारी गराएका छन्। बाँकी ३१ जनाको अवस्था भने अज्ञात रहेको छ।

प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले घटनाबारे गृह मन्त्रालय र नुवाकोटसँग समन्वय गरी खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको बताएका छन् ।

बुधबार बिहान तिब्बती क्षेत्रबाट भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update