Harsamaya
बालेन्द्रलाई फोन गर्दै मोदीले भने - आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउँछौं 
प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं - नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति भारतले दुःख व्यक्त गर्दै आवश्यक मानवीय सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनवार्ता गर्दै बाढीका कारण ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका हुन् ।

भारत कठिन समयमा भारतीय जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताउँदै नेपाललाई आवश्यक सबै सम्भावित मानवीय सहायता उपलब्ध गराउन तयार रहेको जनाएका छन् ।

साथै, भारतका सम्बन्धित टोलीहरूले नेपालमा जारी उद्धार तथा राहत प्रयासबारे नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेको जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update