पाटन दरबार क्षेत्रमा पर्यटकलाई कलात्मक अत्याधुनिक शौचालय
आइतबार, वैशाख २१, २०८२
शौचालय सुरुवातको जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पुरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए । उनले भने, ‘ हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ । ’
तीन दिनसम्म पानी पर्ने: सर्तकता अपनाउन अनुरोध
आइतबार, वैशाख २१, २०८२
जल तथा मौसम विभागले आइतबारदेखि देशभरि तीन दिनसम्म पानी पर्ने तथा हिमाली भेगमा हिउँ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
आइतबार, वैशाख २१, २०८२
ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनिको दाहिने खुट्टा,ढाड र अन्डकोषमा गम्भीर चोट लागेको थियो। सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
एनआरएनए एकता महाधिवेशन : अध्यक्षमा महेश श्रेष्ठ निर्विरोध
आइतबार, वैशाख २१, २०८२
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनबाट अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गरिएको हो । समितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् ।
जानकी नवमीमा राष्ट्रिय बिदाको माग, जनकपुरमा दबाब र्याली
आइतबार, वैशाख २१, २०८२
यसअघि वैशाख ७ गते साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय बिदा दिनुपर्ने र जनकपुरलाई राष्ट्रिय गौरवको सूचीमा राखिनुपर्ने माग गरिएको थियो । तर, अहिलेसम्म सरकारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
पेस्तोल र गोली सहित युवक पक्राउ
आइतबार, वैशाख २१, २०८२
पर्सा गाउँपालिका–२, मा रहेको रवी होटेलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साहलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ ।
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन
आइतबार, वैशाख २१, २०८२
बानियाभारको जंगल क्षेत्रमा रुख कटान आदेश भइसकेमनि जंगल क्षेत्रमा स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर अहिले जंगल क्षेत्रका तीन टावर फाउण्डेशनको काम भइरहेको छ । अवको एक हप्तामा जंगल क्षेत्रको काम सक्ने गरी काम भइरहेको खड्काले बताए ।
वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
आइतबार, वैशाख २१, २०८२
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यसैगरी, गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा...
चार वटा संसदीय समितिको बैठक बस्दै
आइतबार, वैशाख २१, २०८२
बिहान साढे ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ । यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन...
कक्षा १२ को परीक्षा आजदेखि, जापानमा ३७ जना सहित पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै
आइतबार, वैशाख २१, २०८२
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५ सय ९० र जापानमा एक गरी कुल एक हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए...
बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?
आइतबार, वैशाख २१, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आइतबार तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आइतबार, वैशाख २१, २०८२
आज २०८२ वैशाख २१ गते आइतबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ । हेरौँ, तपाईँको राशिमा के छ ।
वीरेन्द्रनगरमा धमाधम कुकुरको बन्ध्याकरण
शनिबार, वैशाख २०, २०८२
नगरमा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने जोखिमसमेत भएकाले तिनलाई स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइएको वीरेन्द्रनगर नगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख यज्ञ पाण्डेले जानकारी दिए ।
साताको लोकप्रिय

