प्रहरीको निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेनजी

काठमाडौं - भ्रष्टाचार विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।
उनीहरूले नेपाल प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
आन्दोलनकर्मीहरु संसद भवनको गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
भित्र प्रवेश गर्ने क्रममा आन्दोलनकर्मीहरुले संसद् भवनको गेट समेत भत्काएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय