‘भिजिट भिसा’ मा अनुसन्धान गर्ने डिएसपीलाई नारायणकाजीले गरेका थिए सरूवा
शुक्रबार, जेठ ९, २०८२
गत वर्ष कात्तिकमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पन्थीलाई उत्कृष्ट कार्य सम्पादनका लागि ‘सर्वोत्कृष्ट प्रहरी’को उपाधि प्रदान गरेको थियो। उपत्यका अपराध अनुसन्धान महाशाखाको पिलर-८ को नेतृत्व गर्दै उनले वैदेशिक रोजगारका नाममा हुने ठगी, नक्कली कागजात बनाउने गिरोहमाथि ठोस अनुसन्धान सुरु गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६४१ राहदानीसहित फर्काइएका शंकास्पद यात्रुहरूको अनुसन्धान पन्थीको नेतृत्वमा भएको टोलीले गर्यो।
महिला सशक्तीकरणको क्षेत्रमा नेपालले ठूलो प्रगति हासिल गरेको छ : सचिव अर्याल
शुक्रबार, जेठ ९, २०८२
उनले भनिन्, ‘धेरैभन्दा धेरै महिलाहरूलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक छ । यसबारे नीति बनाएर अगाडि बढ्नुपर्छ । महिलाहरूको विचार, सिर्जनात्मकता, रचनात्मकता र आवाज भविष्यका लागि आवश्यक छ ।’
दाहसंस्कार गर्न लागिएको शव प्रहरीद्वारा बरामद
शुक्रबार, जेठ ९, २०८२
जेठाजु र बुहारीको बीचमा झगडा हुँदा बालिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशंका गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।
अस्तित्व जोगाउने सकसमा हुलाक :कार्गो र कुरियर सेवामार्फत विश्वास जित्दै (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
सरकारले हुलाक सेवाको महत्त्व र प्रभावकारिता वृद्धि गर्न सचेतना कार्यक्रमहरू आयोजना गरिरहेको छ । विभागकी महानिर्देशक पंगेनीले जनचेतनामार्फत हुलाकको प्रभावकारिता बढाइरहेको बताइन् ।उनले हुलाकको प्रभावकारितालाई बढाउनका लागि विभिन्न समुदायका विद्यार्थीहरूमा नागरिक सचेतनाका कार्यक्रमहरू गरिरहेको बताइन् । निजी क्षेत्रले पनि विभागसँग समन्वय गरिरहेको जानकारी गराउँदै उनले एकले अर्कोलाई सपोर्ट गरेर सँगसँगै...
युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्म जयन्ती
शुक्रबार, जेठ ९, २०८२
पाली अनि नेवारी दुवै भाषामा उनका कविताहरू पाइन्छ, दुवै भाषाका प्रखर ज्ञान भएका युगकवि श्रेष्ठ आफ्ना अभिव्यक्तिहरूमा समाजको वास्तविक चित्रण गर्न र सुधारवादी धारहरू ल्याउन तल्लीन देखिन्छन् । आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शासकहरूले १८ वर्ष जेल तोकेको थिए । पिताको किरियामा समेत उनलाई जेलनेल...
परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता
शुक्रबार, जेठ ९, २०८२
सर्वोच्च अदालतको परमादेशबाट गठित शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले वैशाखमा काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । महाधिवेशन रोक्न असफल भए पछि महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई काम गर्न नदिनु भन्ने माग गर्दै बद्री केसीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
बैतडी केन्द्रबिन्दु भएर भूकम्प
शुक्रबार, जेठ ९, २०८२
आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।लगातार दुईपटक पराकम्पपन आएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए । दार्चुला, बझाङ, डडेलधुरामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार, जेठ ९, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
शुक्रबार, जेठ ९, २०८२
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन् ।
यार्सा टिप्न गएका पुरुष खोलामा खसेर बेपत्ता
बिहीबार, जेठ ८, २०८२
लामा बुधबार बेलुका साढे ८:३० बजेतिर वडा नम्बर २ को मुगुखोलामा राखिएको काठेपुल तर्दा चिप्लिएर नदीमा खसेका थिए । प्रहरी र स्थानीय मिलेर खोजे पनि उनी अहिलेसम्म भेटिएका छैनन्।
एक साता पछि हुम्लाको तिलगाउँमा प्रदेश सरकारको राहत
बिहीबार, जेठ ८, २०८२
पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए ।
मधेश सरकारले सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट ल्याउने
बिहीबार, जेठ ८, २०८२
उनले पत्रकार र सञ्चारमाध्यमहरुका लागि विशेष प्याकेजहरुको व्यवस्था गर्ने जानकारी दिए । पत्रकारको दुर्घटना बीमाका साथै प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानलगायतका कार्यक्रमहरू ल्याउन लागेको बताए ।
साताको लोकप्रिय

