जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि (भिडियोसहित)
काठमाडौं - भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएको सीरन किशोर श्रेष्ठको शव आज अन्त्यष्टि गरिएको छ ।
आज सोमबार मृत्यु भएको सात दिनपछि बल्ल श्रेष्ठको शव अन्त्यष्टि गरिएको हो । उनलाई पशुपतिमा लगेर जलाइएको हो ।
सोही क्रममा उनका बुबा बसन्त किशोर श्रेष्ठले देशलाई अन्याय र भ्रष्ट्रचारमुक्त बनाउनको लागी विद्रोहीको रुपमा गएको परिणाम आफूहरुले भोग्नु परेको बताए ।
उनले भने, ‘देशलाई अन्याय र भ्रष्ट्रचारमुक्त बनाउनको लागी मेरो छोरा पनि आन्दोलनमा गएको थियो । उसलाई छातिमा दुई वटा गोली लागेको थियो । उसलाई सिभिल अस्पतालमा लगेको थियो । त्यहाँबाट केएमसि लगियो, त्यहाँ लगेको केही मिनेटमा नै उसको मृत्यु भयो । बुढि बालबच्चा भएको मान्छे थियो ।’
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ १९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साताको लोकप्रिय