Harsamaya
मेयर शाहीले गरिन् जेष्ठ नागरिकको कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण 
मेयर सुशिला शाही सामान हस्तान्तरण गर्दै ।

काठमाडौं - लम्कीचुहा नगरपालिकाले जेष्ठ नागरिकहरूको कार्यालयका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । मेयर सुशिला शाहीले वडा नम्बर -८ मा रहेको महादेव जेष्ठ नागरिक संस्थालाई सामग्री हस्तान्तरण गरेकी हुन् । 

उनले एक सय वटा कुर्सी, एक वटा टेबल, एउटा घुम्ने कुर्सी  र दराज संस्थाका अध्यक्षलाई हस्तान्तरण गरेकी हुन् । जेनजी आन्दोलनले देश आक्रान्त भएको समयमा शाहीले जेष्ठ नागरिकलाई सहयोग गरेकी हुन् । 
 
उनले जेनजी आन्दोलनका क्रममा नगरपालिकाभित्र कही कतै तोडफोड नभएको जानकारी दिइन् । ‘देशभर सरकारी सम्पत्ति तोडफोड र आगजनी भएको छ’, उनले भनिन्, ‘हाम्रो नगरपालिकाभित्र त्यस्तो काम कहीँ कतै भएन ।’ 

उनले सम्पूर्ण नगरपालिका वासीलाई संयमता अपनाउन पनि आग्रह गरेकी छिन् । एक भिडियो सन्देश जारी गर्दै संयमताका कारण लम्कीचुहा धेरै ठूलो क्षति हुन नपाएको बताएकी छन । लम्कीचुहाले आइतबारबाटै सेवाग्राहीलाई सेवा दिन सुरु गरिसकेको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update