जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सामूहिक शवयात्रा निकालियो
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - भदौ २३–२४ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको आज सामूहिक शवयात्रा निकालिएको छ ।
महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट शवयात्रा निकालिएको हो । उनीहरुको बलिदानको सम्मान गर्दै पशुपति आर्याघाटतर्फ शव यात्रा गरि अन्त्येष्टिका लागि लगिएको हो ।
शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराइने तयारी छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीको हेलिकप्टरमार्फत गाउँसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।
आन्दोलनका क्रममा घाइते भई टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकालिएको हो । १० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी चार जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने छ ।
 
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १५:१३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    