जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी (भिडियोसहित)
काठमाडौं - जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ ।
भदौ २३ गते मृत्यु भएका कति सहिदहरुको अन्त्यष्टि भइसकेको छ भने कतिको हुन बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरेर अन्त्यष्टि गर्ने तयारी गरिएको हो ।
टिचिङ् अस्पतालबाट भोली बिहान ७ बजे शव यात्रा सुरु गरेर चक्रपथ एक परिक्रमा गराउने कार्यक्रम तय भएको एक मृतकका परिवार कमल सुवेदीले जानकारी दिएका छन् ।
उनले काठमाडौं बाहिर जाने शवहरुलाई आर्मिको हेलिकप्टरको पनि व्यवस्था गरिएको पनि जानकारी दिएका छन् । अन्त्यष्टि गरिसकेका परिवारहरुले पनि मृतकको फोटो र ब्यानर बोकेर यात्रामा आउन सक्ने पनि वयवस्था गरिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ १९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साताको लोकप्रिय