Harsamaya
आज गुरु पूर्णिमा
आज गुरु पूर्णिमा असल गुरुको प्राप्ति या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापि अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ ।
देशभर मनसुनी वायुको प्रभाव,  कोशी , कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षा
देशभर मनसुनी वायुको प्रभाव,  कोशी , कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षा कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आजको राशिफल :  मेषलाई नयाँ अवसर, वृषको  व्यावसायिक अल्झन र कन्यालाई आर्थिक लाभ 
आजको राशिफल :  मेषलाई नयाँ अवसर, वृषको  व्यावसायिक अल्झन र कन्यालाई आर्थिक लाभ  बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । व्यावसायिक अल्झन देखा पर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव (भिडियोसहित)
खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव (भिडियोसहित) पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ ।
हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय (भिडियोसहित)
हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय (भिडियोसहित) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
कर्णालीमा चार ठाउँमा सडक अवरुद्ध
कर्णालीमा चार ठाउँमा सडक अवरुद्ध कर्णाली कोरिडोर अन्तर्गत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी कोरिडोर अन्तर्गत डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–१ छल घाट स्थित ६ असारदेखि पानीको बहाव बढी भई सडक अवरुद्ध रहेको छ ।
सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो ; स्वर्णिम वाग्ले
सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो ; स्वर्णिम वाग्ले उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात् ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौँ नेपालीका बारेमा सबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा उहाँले बोल्नु भएको छैन । यसमा स्पष्ट हुन आवश्यक छ ।’
कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी
कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह गृहमन्त्रीले संसदमा जिम्मेवार ढङ्गले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । ‘कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन,’ उनले चेतावनी दिए।
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल तथ्यको आधारमा कुरा गरौँ देशका प्रधानमन्त्री दल विशेष नभई राष्ट्रको कार्यकारी प्रमुखका हिसाबले गएको हुन्छ । टिप्पणी गर्ने माननीय ज्यू भाषा र परिभाषाको ज्ञान सिकाउन हामी तयार छौँ तर बोल्दाखेरी हेक्का पुर्‍याएर बोल्नको लागि चुनौती दिन चाहन्छु ।’
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरूले असाध्यै गलत कुराहरू व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यस प्रकारको जथाभाबी र हावादारी क्रियाकलाप गरेर जहिल्यै पनि, हरेक दिन र हरेक बैठकमा गलत र दूषित समाचार सम्प्रेषणको स्रोत यो संसद बनाउन खोजिँदैछ, यसतर्फ म सिङ्गो हाउसको गम्भीर ध्यानाकर्षण...
सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’
सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’ रास्वपा जिम्मेवार पार्टी हो। म पनि जिम्मेवार सांसद हुँ,’ उनले भनिन् ‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्, मैले भनेको वाक्य पुनः दोहोर्‍याउँछु – स्वयम सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बहानामा गएका र नफर्किएको भन्ने समाचारहरू आइरहेका छन् ।’
Weather Update