आज विश्व विकास सूचना दिवस मनाइँदै
काठमाडौं - आज विश्व विकास सूचना दिवस मनाइँदै छ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना मनाउने निर्णय गरेसँगै त्यसयता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि विश्व विकास सूचना दिवस मनाइन्छ ।
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेष गरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरिबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

