Harsamaya
आजको मौसमः पहाडी भूभागमा आंशिक बदली, केही प्रदेशमा वर्षा र हिमपात
सांकेतिक तस्बिर/har samaya

काठमाडौं - देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update