Harsamaya
सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो ; स्वर्णिम वाग्ले
सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो ; स्वर्णिम वाग्ले उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात् ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौँ नेपालीका बारेमा सबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा उहाँले बोल्नु भएको छैन । यसमा स्पष्ट हुन आवश्यक छ ।’
कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी
कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।
भोटेकोशी बाढी : रसुवामा १९ जना बेपत्ता, ठुलो मानवीय तथा भौतिक क्षति (भिडियोसहित)
भोटेकोशी बाढी : रसुवामा १९ जना बेपत्ता, ठुलो मानवीय तथा भौतिक क्षति (भिडियोसहित) त्यसै गरी, स्थलगत उद्धार मार्फत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको छ । सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीयाँ पुरुष– १ जना, नेपाली पुरुष–१५ जना र नेपाली महिला २...
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह गृहमन्त्रीले संसदमा जिम्मेवार ढङ्गले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । ‘कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन,’ उनले चेतावनी दिए।
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल तथ्यको आधारमा कुरा गरौँ देशका प्रधानमन्त्री दल विशेष नभई राष्ट्रको कार्यकारी प्रमुखका हिसाबले गएको हुन्छ । टिप्पणी गर्ने माननीय ज्यू भाषा र परिभाषाको ज्ञान सिकाउन हामी तयार छौँ तर बोल्दाखेरी हेक्का पुर्‍याएर बोल्नको लागि चुनौती दिन चाहन्छु ।’
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरूले असाध्यै गलत कुराहरू व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यस प्रकारको जथाभाबी र हावादारी क्रियाकलाप गरेर जहिल्यै पनि, हरेक दिन र हरेक बैठकमा गलत र दूषित समाचार सम्प्रेषणको स्रोत यो संसद बनाउन खोजिँदैछ, यसतर्फ म सिङ्गो हाउसको गम्भीर ध्यानाकर्षण...
सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’
सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’ रास्वपा जिम्मेवार पार्टी हो। म पनि जिम्मेवार सांसद हुँ,’ उनले भनिन् ‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्, मैले भनेको वाक्य पुनः दोहोर्‍याउँछु – स्वयम सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बहानामा गएका र नफर्किएको भन्ने समाचारहरू आइरहेका छन् ।’
आज पनि राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार
आज पनि राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन । त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।
जेडीएस परियोजनाका लागि जापान सरकारद्वारा नेपाललाई करिब साढे ५३ करोड अनुदान
जेडीएस परियोजनाका लागि जापान सरकारद्वारा नेपाललाई करिब साढे ५३ करोड अनुदान नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राजदूत तोरु मेदाले नोट आदानप्रदानमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले अनुदान सम्झौतामा...
स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपील
स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपील नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्राकृतिक विपत्तिबाट अझै ठूलो क्षति हुन नदिन स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामार्फत उद्धार र राहत कार्यमा खटिन तरुणहरूसँग अपील गरेका छन् ।
पर्यटकको संख्या बढाउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक : मुख्यमन्त्री सिंह
पर्यटकको संख्या बढाउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक : मुख्यमन्त्री सिंह मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पर्यटक भित्र्याउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक रहेको बताएका छन् ।
आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् ।
Weather Update