रोल्पा पहिरोमा सात जनाको मृत्यु : डा. शेखर कोइरालाद्वारा दुःख व्यक्त
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा पहिरोमा परी सात जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
बुधबार राति परेको अविरल वर्षाका कारण पहिरो जाँदा सात जनाको मृत्यु भएको र अझै केही व्यक्ति बेपत्ता रहेको खबरले आफू स्तब्ध भएको कोइरालाले बताएका छन्।
कोइरालाले विपत्तिमा परेका परिवारका लागि उचित राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, घाइतेहरूको प्रभावकारी उपचार र बेपत्ताहरूको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ १६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

