पत्रकार किशोर श्रेष्ठको पक्राउ लोकतन्त्रका लागि राम्रो संकेत होइन : डा. शेखर
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत नेता कोइरालाले श्रेष्ठको पक्राउ नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको बताएका हुन्।
उनले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न र यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्न सरकारसँग आग्रह गरेका छन्।
प्रहरीले बुधबार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

