Harsamaya
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
प्रदेश प्रमुख नजिर मियाँसमक्ष आफ्नो राजीनामा बुझाउँदै मुख्यमन्त्री कमलबहादुर शाह ।

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री शाहले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। प्रदेशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबीच मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update