साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत
काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। उपचारका लागि गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर गएका देउवा बिहीबार नेपाल फर्किएका हुन्।
देउवा स्वदेश फर्किएसँगै विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका कांग्रेसका नेता–कार्यकर्ता देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए।
देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुने संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ। उक्त भेलालाई कांग्रेसभित्रको आगामी राजनीतिक रणनीति र नेतृत्वको विषयमा महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

