परराष्ट्रमन्त्री राणा र ओडिशाका मुख्यमन्त्री माँझीबीच के भयो कुराकानी ?
शनिबार, फागुन १०, २०८१
साथै उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएको बताएकी छन् ।
आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुन्छ - डा शेखर
शनिबार, फागुन १०, २०८१
समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए । कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेस ठूलो पार्टी भएपनि आफ्नो नेतृत्वमा भन्दा पनि अरूको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनले बताए...
प्रचण्डको पूर्वराजालक्षित टिप्पणी- इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वले पुनरागमनको दिवास्वप्न देख्दैछन्
शनिबार, फागुन १०, २०८१
उनले भने- ‘सरकारको पर्फरमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आआफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन्।’
नेपालले मनपरी गरेको भन्दै झलनाथको असन्तुष्टि
शनिबार, फागुन १०, २०८१
पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए । त्यसपछि अनेरास्ववियूमा समनान्तर कमिटीको अभ्यास भइरहेको थियो । माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले युवाहरूलाई हाँक्न...
चन्द्र भण्डारीको टिप्पणी- नेपाली अनागरिक बन्दैछन !
शनिबार, फागुन १०, २०८१
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन् ।
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल
शनिबार, फागुन १०, २०८१
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं ।’
सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा
शुक्रबार, फागुन ९, २०८१
नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटिएफले यस्तो निर्णय लिएको हो । त्यस्तै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा नेपालको अनुसन्धान एवं अभियोजन निकै फितलो थियो । यसलाई पनि महत्त्वपूर्ण कारण ठानिएको छ ।
त्रिविले निकाल्यो स्ववियु निर्वाचन कार्यतालिका
शुक्रबार, फागुन ९, २०८१
यस्तै सङ्घ, सङ्गठन दर्ता यही फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोघ फागुन २८ गते र अन्तिम उम्मेदवारको नाम फागुन २९ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ । त्रिविले मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।
गगन थापा भन्छन्– पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन
शुक्रबार, फागुन ९, २०८१
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताले पटक पटक तानाशाह शासन व्यवस्थाको अनुभूति गरेकाले लोकतन्त्रको विकल्प नसोचेको बताए । पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको मुद्दामा कांग्रेससहितका अन्य पार्टीका नेतालाई जेलमा हालेको उदाहरण रहेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न नहुने स्पष्ट पारे...
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
शुक्रबार, फागुन ९, २०८१
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो नेपाली भएर बाच्ने आधार दिनुस् - बालेन
शुक्रबार, फागुन ९, २०८१
'प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन' मेयर बालेनले लेखेका छन् 'मलाई मेयर हो भनेर बिर्सिनुस् नेपाली भएर बाच्ने आधार त दिनुस् ।'
पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी
शुक्रबार, फागुन ९, २०८१
साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।
नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन
शुक्रबार, फागुन ९, २०८१
गृहमन्त्री रमेश लेखकका अनुसार संविधानले परिकल्पना गरेबमोजिम प्रहरी संगठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्म अनुकूल हुनेगरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाई मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्न विधेयक संसदमा पेस...
साताको लोकप्रिय

