Harsamaya
केदार क्षेत्रीको प्नश्न - अग्नि सापकोटा सभामुख भएकै समयमा सर्वोच्चमा मुद्दा पर्दा नैतिकता कहाँ थियो ?
नेपाली काँग्रेसका नेता केदार क्षेत्री ।

काठमाडौं - नेपाली काँग्रेसका नेता केदार क्षेत्रीले माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटा सभामुख भएको समयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको स्मरण गराएका छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका -२ ठोकर्पामा स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्रीले यस्तो स्मरण गराएका हुन् । 

तत्कालीन सभामुख हुँदा सापकोटाविरुद्ध सर्वोच्चमा हत्या आरोपमा हुँदा दायर भएको थियो । क्षेत्रीले कानुन बनाउने सर्वोच्च पदमा रहँदा सर्वोच्चमा मुद्दा पर्दा पदमा बसिरहने अहिले नैतिकताको पाठ उहाँका कार्यकर्ताले अरूलाई पढाउने भन्दै प्रश्न गरेका छन् । 

 ‘अर्जुन लामा आइजीपी होइन एसपी होइन, मन्त्री होइन, पूर्वमन्त्री पनि होइन  प्रधानमन्त्री पनि होइन राष्ट्र चलाउने, एउटा गाउँको नागरिक । गल्ती के गर्या होला चिया पसलमा यो माओवादी राम्रो लाग्दैन भन्या होला, त्यति भनेबापत  उनलाई कुटी कुटी काटी काटी मारिएको छ’,उनले भने,  ‘त्यसको सर्वोच्च अदालतमा प्रश्न उठेको छ । कानुन बनाउने मुख्य मान्छेलाई नैतिकता छैन । अनि आफ्नो कार्यकालमा आफू संलग्न भएर बजेट राखेर भवन बनाउँदा प्रश्न उठिराख्या छ । त्यसको पनि निरूपण हुन्छ । अनि यहाँ आउन नैतिकता चाहिने ?’  

आइतबार सुनकोसी र लिंसखुपाखर गाउँपालिकाका अध्यक्षहरू, माओवादी र नेकपा एमालेले पूर्वमन्त्री बस्नेतलाई भ्रष्टाचार मुद्दा लागेको भन्दै सार्वजनिक कार्यक्रम गर्न नदिने चेतावनी दिएका थिए । 

उनले कम्युनिस्ट हुँदा नभएको कुरा गरेको र अहिले काँग्रेस हुँदा भएको मात्रै कुरा गर्ने गरेको बताए । ‘गिरिबन्धु र क्यान्टोन्मेण्ट भ्रष्टाचार काण्ड कसले गरेको जवाफ दिने आँट छ’, उनले प्रश्न गरे ।  गिरिबन्धु काण्डमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम मुछिएको छ भने क्यान्टोन्मेण्ट घोटालामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम मुछिएको छ । 


 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update