काठमाडौं - भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिँदैं उनले भारतले युद्ध नचाएको बताएका हुन् ।
‘अहिलेको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जीले भनेका छन् । आदेश छ हामी पुरै दक्षिण एसियामा आतङ्वादको परीक्षण गर्न दिँदैनौ । भारत युद्ध चाहँदैन । भारतलाई नउक्साउनुहोला तर ती कश्मीरको पहलगाममा सहिद भएका २६ जना मानिसहरू जसमा एक जना नेपालीमूलको भाई पनि थियो,’उनले भने ।
उनले थप भने,‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरू उनको धर्मको नाममा आतङ्वादीहरुले निर्मम हत्या गरे । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
उनले कश्मीर घटनामा नेपालका प्रधानमन्त्रीले १२ घण्टाभित्र फोन गरी भाइचारा सम्बन्ध निर्वाह गरेको भन्दै पाकिस्तानको कारण सार्कको औचित्य घटेको बताए ।