Harsamaya
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद सचिवालय ।

काठमाडौं - संघीय संसद् अन्तर्गत आज विभिन्न पाँच वटा संसदय समितिको बैठक बस्दै छ । आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग  छलफल गर्ने कार्यसूची छ । यस्तै  बिहान ७:३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुई वटा उपसमितिले तयार पारेका प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यसूची छ ।  

यस्तै पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल गर्ने र  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।  

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update