नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्छ - अध्यक्ष नेपाल
मंगलबार, माघ १, २०८१
कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरेपनि जनता सन्तुष्ट हुन नसकेको उनले बताए । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरु समाधान गरेकाले नेपालीहरूले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सवैको रहेको उनको भनाइ छ । उनले अन्तराष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिए ।

विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री राणा
मंगलबार, माघ १, २०८१
उनले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले जोशीको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरेकी थिइन् ।

ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना
मंगलबार, माघ १, २०८१
राजकुलो विस्तारका लागि महानगरले २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिनुभयो । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए ।

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी
मंगलबार, माघ १, २०८१
अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भूमि समस्या समाधान आयोगका अध्यक्षहरू कुन जिल्लामा को ? (सूचीसहित)
मंगलबार, माघ १, २०८१
मधेस प्रदेशका जिल्ला अध्यक्षहरूमा सिराहामा रामअधिन यादव, धनुषामा सुरेशकुमार कोइराला, महोत्तरीमा पीताम्बर महत्तो, सर्लाहीमा मदनबहादुर विश्वकर्मा, बारामा भरतबहादुर घले र पर्सामा तबरेज अहमद रहेका छन्

कुनै दल फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री
सोमबार, पुस २९, २०८१
तत्कालीन समयमा विरोध गर्नेहरूले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरूले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन : पराराष्ट्र मन्त्री राणा
सोमबार, पुस २९, २०८१
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जारी बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन् ।

मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन सरकार अध्यादेशबाट अघि बढ्यो : सञ्चारमन्त्री गुरुङ
आइतबार, पुस २८, २०८१
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन छिटो र सहजका लागि सरकार अध्यादेशको माध्यमबाट अघि बढेको बताएका छन् ।
लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित त्रिभुवन माध्यमिक विद्यालयको ५८औँ वार्षिक साधरणसभा तथा अभिभावक दिवस कार्यत्रमलाई आज सम्बोधन गर्दै मन्त्री गुरुङले संसद्को माध्यमबाट जाँदा एक/डेढ वर्ष लाग्ने र ‘फास्ट...
साताको लोकप्रिय