Harsamaya
ओलीलाई सघाउने भन्दै नेता गौतमले लिए उपमहासचिव पदको उम्मेदवारी फिर्ता
नेता राजेन्द्र गौतम ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बनेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मदवारी फिर्ता  लिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उनले उपमहासचिव पदका लागि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिएका थिए । ओलीलाई सघाउने भन्दै उनले उमेद्वारी फिर्ता लिएको बताएका छन् ।

 खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै छ ।   एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update