Harsamaya
पार्टी फुटाउने कुरा तिर नलाग्नुस : पूर्वकेन्द्रीय सदस्य विष्णु विक्रम थापा
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य विष्णु विक्रम थापा ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य विष्णु विक्रम थापाले पार्टी फुट्ने–फुटाउने गतिविधितर्फ नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

चौतारामा नेपाली कांग्रेस सिन्धुपाल्चोकद्वारा बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रम तथा 'जरा अभियान' समापन समारोहलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र एकता कायम राख्न सबैलाई आह्वान गरेका हुन्।

उनले आफू पनि गाउँ–गाउँ र टोल–टोलमा पुगेर पार्टी संगठन सुदृढीकरण अभियानमा सक्रिय हुने बताउँदै नेता तथा कार्यकर्तालाई संगठन विस्तार र सुदृढीकरणमा जुट्न आग्रह गरे।

थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह नेतृत्वको स्थानीय सरकारप्रति कटाक्ष गर्दै कांग्रेसले जोगाएको नेपालको अखण्डता र राष्ट्रिय स्वाभिमानमा आँच आउने गतिविधि भएको आरोप लगाए। त्यस्ता कार्यको कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए।

उनले विगतमा कांग्रेस केही विषयमा अलमलिएको स्वीकार गर्दै अब सबै मतभेद अन्त्य गरी एकढिक्का भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update