Harsamaya
एमाले महाधिवेशनका प्रतिनिधिहरू भन्छन् : पार्टी रूपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ

काठमाडौं - नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ । विद्युतीय मतदान उपकरणमार्फत मतदानको अन्तिम तयारी भइरहेको छ ।

एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको अलग अलग प्यानल बनेकाले प्रतिनिधिहरू आफ्ना नेतालाई भोट माग्न व्यस्त देखिन्छ । अध्यक्षका उम्मेदवार ओली र पोखरेलका पक्ष एवं विपक्षमा नाराबाजी लगाउँदै मत माग्नेहरूको भीड देखिन्छ । २२६३ प्रतिनिधि रहेको महाधिवेशनमा एक पटकमा ८० जनाले विभिन्न विद्युतीय उपकरणमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । माहौल उत्साहजनक देखिन्छ ।

सम्भवत आज साँझ ७ बजेदेखि राति १ बजेसम्म ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update