एमालेको मतदान साँझ ७ बजेबाट मात्रै सुरु हुने
काठमाडौं - नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ ।
मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय साँझ ७ देखि बिहान १ बजेसम्म हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए ।
उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ ।
एक जनाले सबैलाई भोट हाल्न कम्तीमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिए लगतै मतगणना सुरु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२ १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

