सतिघाटमा पक्की पुल अभाव : उत्तरी भोजपुरका नागरिकको दैनिकी संकटमा
सोमबार, पुस १५, २०८१
भोजपुर-सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा पक्की पुल नहुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् ।
वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिबाट फेरी सञ्चालन गरिएको छ । तर, विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले समस्या झेल्नु पर्ने स्थानीयवासीको भनाइ छ ।
अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रको रुपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले वषौंबाट समस्या भोग्दै आएका छन् । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयवासी नवीन कार्कीले बताए ।
सडकले बदल्यो बोबाङ गाउँको मुहार
सोमबार, पुस १५, २०८१
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो । तर पछिल्लो समय विकासले गति लिन थालेपछि यस गाउँको मुहार फेरिएको छ ।
बाक्लो जनजाति र दलित समुदायको...
तनहुँ-पाल्पा जोड्ने कालीगण्डकी पुल निर्माण अन्तिम चरणमा, फागुनभित्र सञ्चालनको तयारी
शुक्रबार, पुस १२, २०८१
खाँदबारी–किमाथाङ्का सडक निर्माणमा तीव्रता दिन मन्त्री खड्काको पहल
शुक्रबार, पुस १२, २०८१
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।
ऊर्जामन्त्री खड्काले शुक्रबार रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भइरहेकाे भन्दै रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।
साताको लोकप्रिय

