Harsamaya
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
सडकमा सवारीसाधनको लाम ।

काठमाडौं - चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक सूचारु भएको छ ।

आइतबार अपरान्ह सडकबाट पहिरो पन्छाउने काम सकिएसंगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सूचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।  

शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि हजारौं यात्रुहरु अलपत्र परेका थिए । सडक एकतर्फी खुलेसँगै सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update